काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा विमानस्थलकाे उडान र अवतरण अवरुद्ध भएको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।
उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।
अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।



