लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला इटहरीबाट पक्राउ परेकी छिन् ।
पाकिस्तानको लाहोर घर बताउने २५ वर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
इटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ ।
फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिइन । खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।



