१६ साउन । भरतपुर काण्डमा सर्वोच्च अदालतले ‘जनभावनाविपरीत फैसला’ गरेको भन्दै यतिबेला बिभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । सर्वोच्चको फैसलाले गलत नजिर बसेको भन्दै कानुन र संविधानका ज्ञाताहरुले चिन्ता पनि व्यक्त गरिरहेका छन् । दैनिक नेपालले लेखेको छ । उसले आगाडी लेखेकोछ

 मत पत्र च्यात्नेलाई प्रोत्साहित हुने खालको फैसला कसरी आयो भन्दै यसको सुक्ष्म अध्ययन पनि भइरहेको छ । सर्वोच्चका न्यायाधिश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले आइतबार भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएका थिए । त्यही फैसला गर्नेमध्येका एक जना न्यायधिशको नातागोताको सम्बन्धलाई लिएर समेत टिप्पणी सुरु भएको छ । स्रोतका अनुसार, आइतबार भरतपुरमा पुनः चुनाव गराउने फैसला गर्नेमध्येका न्यायधिश पुरुषोत्तम भण्डारी माओवादी नेताका नातेदार हुन्, उनी माओवादीकै जोडबलमा केही समेत अघिमात्रै न्यायधिश बनेका थिए ।

न्यायधिश भण्डारी गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्माको मामाको छोरा भएको खुलासा भएको हो । वर्तमान गृहमन्त्री समेत रहेका माओवादी नेता शर्माले बोकेपछि उनी केही समयअघि मात्रै न्यायाधिश भएका थिए । जबकी यसअघि बाबुराम भट्टराईले भण्डारीलाई पुनराबेदनको मुख्य न्यायाधीश बन्न रोकेका थिए ।

यसअघि उर्जामन्त्री रहेका शर्माको आग्रहपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला कानुनमन्त्री अजयशंकर नायक र न्यायपरिषद सदस्य पदम बैदिकको जोडमा उनलाई सर्वोच्चमा ल्याइएको हो । वैदिक माओवादीको सिफारिसमा न्यायपरिषद्को सदस्य बनेका थिए । न्यायधिश छान्ने न्याय परिषद्को बैठकमा वैदिकले भण्डारीलाई न्यायधिश बनाउन निकै ठूलो जोडबल लगाएका थिए ।

न्यायधिश भण्डारीले माओवादी अध्यक्ष प्रचण्डको त्यही गुन तिरेको चर्चा यतिबेला वकिलहरुको वृत्तमा चलिरहेको छ । अझ यसअघि काठमाडौँबाट प्रकाशित जनआस्था साप्ताहिकले साउन ४ गतेको अंकमा नै न्यायाधिश भण्डारी र माओवादीको ‘कनेक्सन’का बारेमा खबर छाप्दै न्यायाधीश र नेतावीच नातापाताको खेल अनि सोको आगामी परिणामको बारेमा लेखेको थियो ।

न्यायधिश भण्डारी, चितवन निर्वाचन क्षेत्र नम्बर ४ (भरतपुर) क्षेत्रका काँग्रेसका सांसद रामकृष्ण घिमिरेका पनि सम्धी हुन् । न्यायधिश भण्डारीकी छोरी सांसद घिमिरेकी बुहारी हुन् । एकातिर नातागोता, अर्कोतिर भरतपुरमा माओवादी र काँग्रेसको चुनावी तालमेल ।

३ हप्तासम्म बहसमा समय बर्बाद गरेका वकिलहरु सर्वोच्चको आइतबारको फैसला नै दंग परेका छन् । पटकपटक होल्डमा राखेर न्यायाधिश भण्डारीले आफै हेर्नु, माओवादीकै कोटाबाट न्यायापरिषद् सदस्य बनेका वैदिकको सिफारिसमा न्यायाधिश बन्नु र माओवादी अध्यक्ष प्रचण्डकी छोरी जोडिएको मुद्दामा उनलाई अनुकुल हुने गरी फैसला आउनुले चर्चा गर्नेहरुलाई थप बल पुगेको छ ।

दुई साता अघि जनआस्थामा प्रकाशित यो समाचार पनि पढ्नुहोस्: 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah