स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले स्थानीय स्तरमा अन्तर्घातका कारण नहारेको एकजना पुराना नेताले बताएका छन् । अन्तर्घात कारण पार्टी हारेको निष्कर्षसहित पार्टीले अन्तर्घातमा संलग्न भएका कार्यकर्ताहरूलाई कारवाही शुरू गरेका बेला पार्टीका पुराना नेता तारानाथ रानाभाटले यस्तो धारणा राखेका हुन् ।

रानाभाटले काँग्रेसको वर्तमान नेतृत्वले माओवादी केन्द्रसँग स्थानीय तहमा चुनावी तालमेल गरेर नेपाली काँग्रेसकै बफादार कार्यकताहरू माथि अन्तर्घात गरेको बताए ।

उनले प्रतिप्रश्न गरे,  ‘चितवनको भरतपुरमा काँग्रेसका कार्यकता रोएर पार्टीको उर्दीपछि हँसिया हथौडामा मत हालेका छन् । कतिले भोट नै हालेका छैनन् ।

यो काँग्रेस नेतृत्वको जनतामाथिको अन्तर्घात हो कि होइन ?’ नेपाली काँग्रेसलाई समाप्त गर्ने ग्राण्ड डिजाइन अनुसार काम भइरहेको बताउँदै नेता रानाभाटले नेतृत्वलाई सच्चाउन पार्टीभित्रैबाट दबाबमुलक कार्यक्रम जारी राख्ने बताए ।

बीपी जयन्तीको अवसर पारेर भदौमा नयाँ पार्टी खाेल्दै हुनुहन्छ रे नि त ? भन्ने नेपाल जर्नलको प्रश्नमा रानाभाट कडकिए ‘यो मेरो चरित्रहत्या गर्ने नियोजित प्रचार हो । म यही पार्टीभित्रै संघर्ष गर्छु । किसुनजी जस्तै असन्तुष्ट भएर मर्न पनि सक्छु तर नयाँ पार्टी खोल्दिन ।’ २०६२/६३ को परिवतर्ननपछि नेपाली काँग्रेसले बीपी कोइरालाको आर्दश छाडेको निष्कर्षसहित केही वरिष्ठ नेताहरूले असन्तुष्ठि जनाउँदै आएका छन् ।

यसरी असन्तुष्ठि जनाउनेमा केबी गुरूङ्ग, तारानाथ भाट, ओमकार श्रेष्ठ, गोबिन्दराज जोशी, लक्ष्मण घिमिरे लगायत छन् । आफूलाई बीपी कोइरालाका सच्चा अनुयायी बताउने उनीहरूले बीपी जयन्तिको अवसर पारेर भदौमा नयाँ पार्टी खोल्ने चर्चाभएपनि रानाभाटले सो चर्चामा सत्यता नभएको बताए । यो समूहले नेपाली काँग्रेसले माओवादीसँग गरेका हरेक सहकार्य तीब्र असन्तुटि जनाँउदै आएको छ ।नेपाल जर्नल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah