हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । गठबन्धनबाट एकिकृत समाजवादीकी उम्मेदवार मीना लामाले ५ हजार ८५० मत ल्याउँदा राप्रपाका दीपकबहादुर सिँहले ५ हजार ४ सय ५८ पाउनुभएको छ । एमालेका अनन्त पौडेलले ४ हजार ८ सय ३१ मत ल्याउनु भएको छ । हेटौडामा गठबन्धन, एमाले र राप्रपाको कडा प्रतिस्पर्धा देखिएको छ ।



