झापाको दमकमा रहेको सर्वोदय बोर्डिङ स्कूल शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य सामाजिक क्षेत्रमा समेत अब्बल रुपमा आफूलाइ स्थापित गर्दै गएको छ ।

दमक वडा नंं ५ रहेको यस बिद्यालयले बिद्यार्थीहरुलाइ आन्तरिक क्रियाकलापहरुमा अघि सार्ने देखि लिएर सामाजिक काममा समेत अग्रसर गराउने बिभिन्न कृयाकलापहरु गराउदै आएको छ ।

प्रायजसो नृत्य प्रतियोगितामा यस बिद्यालयले लैजाने गरेका परम्परागत नृत्यहरुले कुनै न कुनै स्थान हासिल गर्दै आएकाछन् । झापामा आन्तरिक कृयाकलपमा अब्बल बिद्यालय मध्ये यो पनि एकमा गनिन थालेको छ ।

बिद्यालयमा पनि बिभिन्न आन्तरिक कृयाकलापहरुलाइ महत्वका साथ अघि बढाएसंगै सामाजिक चेतनामा समेत बिद्यार्थीहरु अग्रसर देखिन थालेको बिद्यालयका प्रीन्सिपल नबिन योगीले बताए ।

उनका अनुसार असाहय तथा अप्ठेरोमा परेका बालबालिका देखि लिएर सबैलाइ सहयोग गर्न उनिहरु आतुर देखिन थालेकाछन् । यो उनिहरुको सामाजिक चेतना भएको उनको ठम्याइ छ ।

ग्यालेक्सि होस्टेलको सहकार्यमा यस बिद्यालयका बिद्यार्थीहरुले झापाको पबित्र धार्मिक स्थलमा रहेका साधुसन्तहरुलाइ आफ्नो खाजा खर्च समेत कटाएर सम्मान गर्दै रामनवमी प्रदान गरेकाछन् ।

उनिहरुले यहाँ रहेका साधुसन्तहरुलाइ आर्शिबाद माग्दै खिर समेत ख्वाएकाछन् । प्रीन्सिपल योगिका अनुसार बिद्यार्थीहरुलाइ उत्प्रेरण दिनका लागि आफूहरुले यस उनिहरुको अभियानमा सानो सहयोग र साथ मात्र दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah