वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै मृत्यु भएका नेपाली कामदारका परिवारले अब राहत स्वरुप ७ लाख आर्थिक सहायता पाउने भएका छन् । यसअघि ३ लाख दिँदै आएकामा सोमबारबाट ७ लाख रुपैयाँ दिन सुरु गरिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले हाम्राकुरासँग भने, ‘पहिले ३ लाख दिँदै आइएको थियो । अब त्यो बढेर ७ लाख पुगेको छ । मृतकको हकमा मात्रै होइन घाइते, अ‘पहिले ३ लाख दिँदै आइएको थियो । अब त्यो बढेर ७ लाख पुगेको छ । मृतकको हकमा मात्रै होइन घाइते, अङ्गभङ्गलाई दिने आर्थिक सहायता समेत बढेको छ ।’ अब पीडित परिवारलाई थोरै भएपनि राहत हुन्छ ।

वैदेशिक रोजगार नियमावली–२०७४ संशोधन पछि मृतक परिवारले पाउने राहत रकम बढेको हो । सरकारले नियमावली संशोधन गर्नु अघि मृतक परिवारलाई ३ लाख रुपैयाँ दिने गरिएको थियो ।

अन्तिम श्रम स्वीकृति लिएका कामदार साउन १६ गतेदेखि जुनसुकै कारणले मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने व्यवस्था भएको कार्यकारी निर्देशक काफ्लेले बताएका छन् । विदा अथवा विरामी भई करार अवधिभित्र नेपालमै मृत्यु भएपनि राहत रकम पाउने उनेको भनाई छ ।

श्रम स्वीकृतिको म्याद सकिएको थप एकवर्षभित्र मृत्यु, अङ्गभङ्ग अथवा गम्भीर विरामी भए पनि कामदारले बोर्ड सुविधा पाउनेछन् । २०७३ वैशाख १ गते श्रम स्वीकृति लिई विदेश गएका कामदारको १५ लाख रुपैयाँ बीमा परिउको छ । त्यसवाहेक २०७३ माघ १५ गते श्रम स्वीकृति लिएका कामदारले १५ प्रकारका गम्भीर प्रकृति रोग लागेमा ५ लाख बीमा रकम पाउने व्यवस्था लागु गरिएको छ । अब विदेश जानु पहिले स्वास्थ्य बीमा समेत अनिवार्य गरिएको छ ।

अब मृतक कामदारको परिवारले बोर्ड र बिमा बापत २२ लाख राहत रकम पाउनेछ । त्यसबाहेक सूचीकृत रोगबाट मृत्यु भएको भए थप ५ लाख पाइने छ । अब विदेश जेलमा रहेका नेपालीको कानुनी उपचारको लागि वोर्डले वकिल राख्न पाउने बाटो समेत खुल्ला भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah