दमक/ दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि यहाँँ कार्यरत प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृतका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राई आएका हुन ।

खोटाङका स्थायीबासिन्दा राई यस अघि करिब डेढ बर्ष सम्म मोरङको मिक्लाजुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा काम गरेका प्रशासक हुन । राई १८ जेठदेखि दमक आएका हुन । उनी आए लगत्तैदेखि दमक नगरपालिकाको प्रशासनिक सेवा चुस्त दुरुस्त र पारदर्शी बनाउनमा केन्द्रीत छन । नगरपालिकाको नीति कार्यक्रम बनाउने, दमकलाई कस्तो बनाउने भन्ने यहाँका जनप्रतिनिधिहरुको भुमिकामा भर पर्ने बिषय हो ।
पालिकाले गरेका निर्णय, सरकारले अवलम्बन गरेका नीति कार्यक्रमहरुको कार्यान्वयन पारदर्शी र जवाफदेही ढंगबाट सम्पादन गर्ने हाम्रो जिम्मेवारी हो – अधिकृत राईले पत्रकारहरुसंगको अनौपचारिक संक्षिप्त कुराकानीमा भनेका छन । उनी २०६६ सालमा निजामती सेवामा प्रवेश गरेका युवा व्यक्तित्व हुन ।

दमक नगरपालिका कार्यालयमा यस अघिका प्रशासक तथा कतिपय कर्मचारीहरु विेशेष गरी योजनाहरुको कार्यान्वयनमा पारदर्शी हुन नसकेका, खरिद प्रकृयामा कमिसनको गन्ध आएको चर्चा हुने गरेको छ । नगरपालिका कार्यालयमा नयाँ तथा युवा पुस्ताका प्रशासकले जिम्मेवारी सम्हालेसंगै सुधारको अपेक्षा नगरबासीहरुले लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah