गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिला जेल चलान भएकाछन् । उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो ।
उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपियाँ धरौटी रकम चोकेको थियो । जिल्लामा मिटर ब्याजले ठगिएकाहरुले उजुरी गरेका थिए ।
अहिले देशभर मिटर ब्याजको आंतक रहेको छ । झापाको दमकमा पनि मिटर ब्याजले धेरै ब्यवसायिकहरुको उठिवास लाग्ने अवस्था आएको बताईएको छ । प्रहरीले आवश्यक प्रमाण सहित उजुरी गरेमा पक्राउ गर्ने बताएको छ ।
प्रहरीका अनुसार जिल्लामा रहेका यस्ता मिटर ब्याजमा लगाउने गिरोहलाइ खोज्न शुरु गरिएको छ । पत्ता पाउनसाथ पक्राउ पर्नेछन् ।
३० लाख रुपैयाँ आवश्यक परेको व्यक्तिलाई सुरुमै ब्याजबापत २० प्रतिशत (६ लाख) रकम कटाएर ऋण दिइन्छ । त्यसपछि प्रत्येक महिना पुन: ३० लाखकै १० प्रतिशत (३ लाख) का दरले ब्याज तिर्नुपर्छ । १ वर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ ।



