सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताले प्रधानमन्त्री नि’वास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक कि’नारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो । उनीहरु नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा तिनले उठाइसके । नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भि’डियो भने भाइरल बनेको छ ।
उनले यसरी प्र’तिक्रिया दिएका छन्, – अरू दिनजस्तै शुक्रबार बिहान पनि प्रधा’नमन्त्री निवास नजिकै पवित्र वर्कशप चोकमा ४ सय घोगा मकै झारें । बि’हानभर काँचै बेचें । सानो घोगालाई ८ वटाको एक सय र ठूलोको २० रुपैयाँमा बेचें ।
१२ बजेसम्म १ हजार ७ सय रुपैयाँको बेचिसकेको थिएँ । दुई छोरालाई खाना खुवाएर नजिकैको सामु’दायिक विद्यालय शिवपुरी मावि पठाएपछि श्रीमती सीता पनि आइन् । बिहानभरि काँचै मकै बेचे पनि दिउँसो १२ बजेपछि पोलेर बेच्छौं । यहाँ सबै बिक्री नहुने भएकाले पोलेर बेच्न टिचिङ र कान्ति अस्पताल वरिपरि जान्छौं । आजचाहिँ श्री’मती आगो बाल्दै थिइन्, आगो राम्ररी सल्किएको थिएन । त्यही बेला नगर पुलिस भित्री बाटोबाट लुकेर आए ।
पुलिस देखेपछि हस्या’ङफस्याङ गर्दै गाडा दौडायौं । उनीहरूले लखेटिरहे । हामी बूढाबूढी मात्रै थियौं । गाडा तानातान भयो । हाम्रो केही’सीप लागेन । १२ हजार रुपै’याँमा किनेको गाडा र सबै मकै लिएर गए । परसम्म दौडिँदै गयौं तर पार लागेन ।
लछारपछार गर्दा कति मकै सडकमा छरियो । बूढीलाई पनि चोट लाग्यो । गरिखाने गाडी र मकै नै लगेपछि अब के गरिखाने सोच्नै सकेका छैनौं । दि’नभरि रोयौं । सरकारले गरिबलाई गरिखान पनि नदिने भयो । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ? गरिखान पनि नदिने भएपछि अर्को उपाय त हा’मीसँग छैन । दिनभर मकै बेचेर दुई छोरालाई काठ’माडौंमा पढाइरहेका छौं । एउटा कक्षा नौ र अर्को कक्षा ८ मा पढ्दै छन् । बोर्डिङ पढाउन नसकेर सरका’रीमा भर्ना गरेको छु । बोर्डिङमा पढाएको फिस तिर्नै बाँकी छ ।
सिन्धु’पाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्कि’एपछि ऋण तिर्न सहर छिरेको हुँ । भू’कम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खो’सिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महा’नगरले अहि’लेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।
सुरुमा गाउँबाट आएर जो’रपाटीमा किराना पसल चलाएँ । पसलमा पनि घाटा लागेपछि फुट’पाथको व्यापार राजें । ०६५ असोजदेखि यही ठाउँमा बसेर मकै बेचिरहेका छौं । दुई वर्ष त मासि’क २० ह’जार भाडा तिरेर फल’फूल पनि बेचें । घर नै बेचेपछि पसल सार्नुपर्ने भयो । अन्त कतै सटर नपाएपछि सबै सामान कोठामा थन्क्याएँ । त्यसपछि सड’कमा मकै बेच्न सुरु भयो । मकै बेचेरै थलीमा ज’ग्गा किन्न १० लाख रुपैयाँ बैना गरें । त्यो पैसा पनि फस्यो ।
घर बनाउँदा, छोराछोरी प’ढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको छु । एउटा फाइनान्सबाट डेढ लाख र अर्को’बाट २ लाख ऋण लिएको थिएँ । फाइनान्सको त्यो कागज पनि गा’डासँगै लग्यो । गाडामा सय डेढ सय जम्मा गर्ने फाइ’नान्सको कागज पनि लग्यो । फलफूलको सि’जनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँ’खा लगायो । नगर’पालिकाको सइसाप हुनुहुन्छ ।
उहाँले ५ हजार मा’ग्नुभएको थियो । हामीले दिएनौं । उहाँलाई दिने पैसाले त हाम्रो छोराछो’रीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बो’लाएको पो हो कि १ नगर’पालिकाले लास्टै पेलिर’हेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार । मकैको सिजन नहुँदा साग बेच्थ्यौं ।
पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सड’कमा व्या’पार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो । ‘तिमीहरू दिनमा २र३ हजार कमाउँ’छौं मलाई दिन सक्दैनौं’ भन्थ्यो । पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झो’सिदिएछ ।
त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्प’तालको गल्लीमा बस्दा लखेटेर सामा’खुसी जाने ओरालोमा पुर्याउँथ्यो । कहिले म’हाराजगन्ज चोकमा पुर्याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो । आ’माको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बना’एको थिएँ, छाना छाएको भोलि’पल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।
बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको थियो । जाम हुने ठाउँमा प’सल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रो’डमा पनि काम गर्न नपाउने रु कुनामा बसेर त मकै पोल्न दिनुपर्यो नि ।
हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोरा’छोरीलाई कसरी पढाउनु ? जागिर खाऔं, दुवै जनाले पढेको छैन । १० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आ’जदेखि मर्यो ।
भोलि शनिबार त पुलिस आउँदैन भनेर साँझ मकै झारेको छु । पुलि’सबाट जो’गाएको एउटा गाडामा बेच्ने सोचेको छु । पर्सिदेखि के गर्ने थाहा छैन ।
– अन्नपूर्ण टाइम्स् बाट



