गुवाहाटी। भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ।

रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो। पहिरोमा परी शनिबार सम्म २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार पहिरोका कारण अरु ३८ जना अझै पनि बेपत्ता नै रहेका छन्। ती मध्ये १२ जना प्रादेशिक सेनाका व्यक्ति रहेका छन् भने २६ जना सर्वसाधारण रहेका छन्।

बेपत्ता भएका सबैको खोजी कार्य भइरहेको जनाइएको छ। खोजी तथा उद्धारका लागि सेना, आसाम राइफल्स, प्रादेशिक सेना, स्थानीय स्वयंसेवक, उद्धारकर्ता र सरकारी अन्य अधिकारीहरू खटिएका छन्।

घटनास्थलबाट प्रादेशिक सेनाका १३ जना र स्थानीय बासिन्दा पाँच जनालाई उद्धार गरिएको छ।

मृत्यु भएका मध्ये प्रादेशिक सेनाका १८ जना र स्थानीय छ जना गरी २४ जनाको शव निकालिएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये १४ जनाको शव सम्बन्धितको आफन्तलाई बुझाइसकिएको छ । अरुको पनि पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah