झापाको मेचीनगर नाकाबाट खुलेआम तेस्रो मुलुकबाट आयातित सुख्खा सुपारी तस्करी भइरहेको छ । मेचीनगरको काँकडभिट्टा, नकलबन्दा, बाहुण्डाँगी, तिरीङ लगायतको नाकाबाट हुने सुपारी तस्करी केही समयका लागि रोकिएपनि फेरि सुरु भएको छ ।

यसै क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अवैध सुपारीसहित एउटा सवारी नियन्त्रणमा लिएको छ । मेचीनगर– ५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डमा शनिवार बिहान पौने ११ बजे मे १ च ४९८० नम्बर को पिकअप गाडी चेकजाँच गर्दा करिब ७ सय केजी अवैध सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

बिना कागजात तिरिङतर्फ लैजाने क्रममा अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ मुल्य सुपारी बरामद गरिएको डिएसपी महतोले जानकारी दिए । बरामद गरिएको सुपारी, गाडी र गाडी चालक ४८ वर्षीय दानबहादुर पोखरेललाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको उनले बताए ।

चार दिन अघि मात्र मेचीनगर– ६ स्थित तुर्केनी नाकाबाट भारतीय महिलाले सुपारी बोकेर भारत लैजाने क्रममा सशस्त्र र नेपाल प्रहरीबीच विवाद भएको थियो । डियुटीमा रहेका सशस्त्रले पठाउन खोजेको सुपारी नेपाल प्रहरीले छेक्न खोज्दा दुवै पक्षबीच विवाद भएको थियो । त्यस्तै विराटनगरमा भन्सार छली अवैध रुपमा भण्डारण गरिराखेको खाद्यान्न सामग्री प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार दिउँसो १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विराटनगर ६ स्थित विनोद केसरीको गोदाम घरमा भन्सार छली भण्डारण गरिराखेको ४७ बोरा चिनी, ३२ बोरा मटर, ५ बोरा छोकडा, १० कार्टुन पानीपुरी, ४ कार्टुन रसगुल्ला समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah