काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले ई–स्पाेर्ट्सका लागि छुट्याइएकाे बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएकाे प्रष्ट पार्नु भएकाे छ ।

ई–स्पाेर्ट्सका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रसङ्गका विषयमा ध्यानाकर्षण भएको जनाउँदै मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बाैँकाे आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट्स पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्ट्सका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

यस्तै मेयर साहले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्नेजस्ता गैरकानुनी र अनैतिक काममा महानगर सामेल नहुने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah