पथरी,१८ साउन । गायक भिषण मुकारुङ काठमाडौं र युवाको संघर्षलाई समेटिएको गीत ‘कोही उदासु को भिडियो लिएर आएका छन । उनको ‘चन्द्र मुखीु एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ ।
आफ्नो जन्म दिनको अवसरमा उनले भिडियो सार्वजनिक गरेका हुन । गीतको शव्द शुभ मुकारुङले लेखेका हुन भने संगीत बलराम समालको रहेको छ । विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय गरेका छन् ।
गायक मुकारुङको जन्मदिनको अवसरमा भिडियो सार्वजनिक गरिएको छ । गायक मुकारुङले आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट र जिवन्त गीत भएको सुनाए । उनले जिवनमै पहिलो पटक विना लगानी म्यूजिक भिडियो निर्माण भएको भन्दै विज्ञान र योगेन्द्रलाई धन्यवाद समेत दिए ।

गीतका शुभ मुकारुङले आफुले नेपाली समाजको यथार्थलाई शव्दमा उतारको बताए। कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङले राई लगायतले जिवन्त गीत बनेको बताए ।



