काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका–४ गाेदामचाैरमा आतंक मच्चाउने राँगोलाई गोली ठोकेर मारिएकाे छ ।
आज बिहान बस्तीमा छिरेकाे राँगाेले जथाभावी मानिसहरूलाई लखेटेर आतंक मच्चाउन थालेपछि गाेली हानेर मारिएकाे हाे ।
राँगाेकाे आक्रमणबाट कुनै मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ । राँगाेले आतंक मच्चाएकाे खबर पाएपछि सुरक्षाका लागि पुगेकाे प्रहरीले एक राउन्ड गाेली चलाएकाे हाे ।



