काठमाण्डाै – झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे चन्द्रागढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । .
#SmsAlert #FloodAlert
साउन १६ बिहान २ बजे
झापाको दमक, उर्लावारी, शनिश्चरे चन्द्रागडि आसपास पछिल्लो ३ घण्टामा भारी वर्षा भएको, मेची विरिङ,निन्दा, रतुवा लगायत साना खोलामा बाढीको जोखिम; तटीय डुबान भइरहने होचा भूभागमा बिहान सम्म उच्च सतर्कता अपनाऔँ
जल तथा मौसम वि वि pic.twitter.com/RpjESL0I6B— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 31, 2022



