प्युठान । प्युठानको नौवहिनी गाउँपालिकास्थित बाहाने बजार नजिकै जीप दुर्घटना हुँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।

दुर्घटनामा सानो डाम्री निवासी तीन वर्षीया करुणा बुढामगर र दुई महिनाकी चेतना बुढामगरको मृत्यु भएको नौवहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापामगरले जानकारी दिए । उनीहरूको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो ।

आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप दुर्घटना भएको हो । मृतककी आमा रेमसरा बुढामगर र बुढा हुमबहादुर बुढामगर गम्भीर घाइते छन् । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । उनीहरूको प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।

बाहाने बजार नजिकै खहरे खोलामा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले जनाएका छन् । प्रहरीका अनुसार चालक नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah