इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । परदेश हिडेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष एक पटक विदामा घर आउँछन् ।

बिहे भएको १३ वर्ष पुग्यो । श्रीमती, एक छोरा र दुई छोरीसहितको उनको परिवार छ । निकै आनन्दका साथ विदा सकेर थापा प्रदेश फर्कन्थे । तर, उनको यो विदा भने त्यस्तो रहेन् । नौ महिनाको दुधे बालक छोडेर श्रीमती भागेपछि उनको सपना र कल्पना अहिले खरानी बन्यो । नयाँ पत्रिकामा टोपलाल अर्यालले यो समचार लेखेकाछन् ।

चार लाख रुपैयाँ बैङ्कबाट निकालेर आउने बहानामा घरबाट सदरमुकाम तम्घास हिडेकी ३० वर्षिय श्रीमति बीनाको अहिलेसम्म अत्तोपत्तो छैन् । जसका कारण थापा पीडा र पश्च्यातापले भावबिह्ल बनेका छन् । ‘भागेको तीन दिन भयो, फर्किएकी छैन, मलाई त डुबे नै,नौ महिनाको दुधे बालकको समेत बिचल्ली पर्‍याे’ उनले भने ।

उनका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि अहिले खातामा छैन् । घरमा बाँधिएको लैनो भैसी, दुई वटा बाख्रा र एउटा बोको समेत बेचिसकेको छ । उनले इण्डियाको साकेतमा गाडी चलाउँछन् । वर्षको चार लाख कमाउने गरेको उनले बताए । उनले रुदै भने, ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थि,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझियो १९ लाखमा एक रुपैयाँ छैन् ।’
गाउँमा आएर बुझदा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैका हल्ला छन् ।’

सोमबार इस्मा प्रहरीचौकीमा उजुरी दिएपनि अहिलेसम्म कुनै सूचना नआएको उनले बताए । त्यस्तै प्रहरीको महिला तथा बालबालिका सेल र मुद्दा फाटँमा यो आर्थिक वर्षको शुरुवात मै गुल्मी दरबार गाउँपालिका १ की जमुना पुन हराएको जाहेरी परेको छ । श्रीमान लामो समय कतार बसेर घर फर्कदा श्रीमतिसँगै एक बालक पनि हराएको भन्दै श्रीमान होम बहादुर सतुङ्गे पुनले जाहेरी दिएको सहायक निरिक्षक यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah