झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकै पटक बिरामी परेका छन्। छोला र मुरै खाँदा उनीहरूमा फुड पोइजन भएको हो।

विद्यालयमा सञ्चालित क्यानटिन (चमेना गृह)मा खाजा खाएको आधा घण्टापछि विद्यार्थीहरू एकाएक बिरामी पर्न थालेको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए।

विद्यार्थीहरू बिरामी पर्न थालेपछि उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको र थप स्वास्थ्यमा समस्या देखिएपछि मेची अस्पताल ल्याएको प्रधानाध्यापक न्यौपानेले बताए।

कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरू फुड पोइजनको लक्षण देखिएको बताउँदै प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यार्थीहरूले क्यानटिनमा गएर छोला र मुरै खाएका थिए, टिफिन टाइममा खाजा खाएको केही समयपछि विद्यार्थीहरूको पेट दुख्न थाल्यो।’

एकै पटक धेरै विद्यार्थी बिरामी भएर अस्पताल पुगेपछि आकस्मिक कक्षका स्वास्थ्यकर्मीलाई उपचार गराउन सकस भएको थियो। विद्यार्थीहरूलाई आकस्मिक कक्षको भुईँमा राखेर पनि स्वास्थ्यकर्मीले उपचार गराउनु परेको थियो।

अस्पतालमा ल्याएपछि अहिले सबै विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल अफिसर कृष्णकुमार शाहले जानकारी दिए।  फुड पोइजनको लक्षण खानाको विषाक्तता, प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाका कारण हुन्छ। त्यसपछि बान्ता हुने, वाकवाकी लाग्ने, पखाला लाग्ने, पेट दुख्ने लक्षण देखिन्छ।

अस्पतालमा आएका विद्यार्थीहरूको पेट दुख्ने बाहेक अन्य लक्षण नदेखिएको मेडिकल अफिसर साहको भनाइ छ। सबै विद्यार्थीको स्वास्थ्य अवस्थामा सामान्य छ। उपचारपछि आजै बेलुका डिस्चार्ज गरिदिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah