दमक — दमकको सरकारी अस्पताल दमक अस्पतालमा आज एक महिलाले सिढिमै शिशुलाई जन्म दिएकी छन् ।
अस्पतालका सूचना अधिकारी दब कुमारी दँगालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दैै भनेकी छन्, “अस्पतालको सिडि चढ्दा चढ्दै एकजना महिला अभर परिन उनका श्रिमानले समाएर अडेस लगाए ती महिलाले हातले लुगाको तलको भाग समाएर लडिन । म निक्कै पर थिए मेरो आँखा उनिमा पुग्यो पक्कै बच्चाको टाउको निस्कियो उनी आफू बच्ने कि ? बच्चा बचाउने भनेर अभर परिन र यसरी लडिन भन्ने भो म कुदेर गए उनिको दुइवटा खुट्टामा समाएर सजिलो ठाउमा राखे पेटमा बाधेको सल निकालेर छेक्न लगाए अनि कपडाले समाएर बच्चा निकाले केहिबेर सुम्सुमाएपछि बच्चा रोयो ।
मन खुशी भयो अनि बिरामीलाई ट्रलिमा हालेर वाडमा सार्याै यसबेला सम्ममा सबै भेला पनि भई सकेका थियौ । त्यसपछि हात धुन हिडेको मेरो प्यान्ट भरि बल्ड लागेछ,जुत्ता पनि बल्डै बल्ड हातभरि बल्ड तर पनि मेरो मन खुशिले ढक्क फुलेको ।अनि सोचे त्यो अफ्ठ्यारो ठाउमा न तल जानू न उभो जान सक्न, न बच्चा समाउनु न आफ्नो ज्यान ती महिलाको मन कति डराएको थियो होला । यदि क्यामरा सहित तयारीका साथ थियो भने यो एउटा फिलिमको सिन झै थियो । ”



