बिर्तामोड । शिक्षासँगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरूले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् ।

झापामा पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको इक्यान झापाका अध्यक्ष लमिलन ओलीले बताए । रक्तदान जीवनदान भन्ने नाराका साथ बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको रक्तदानमा ४० जनाभन्दा धेरैले रक्तदान गरेका छन् ।  झापा शाखाले यस पटक रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

इक्यान झापाका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईँ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इक्यान झापाका उपाध्यक्ष एवम् बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल औषधी व्यवसायी संघका महासचिव जीवन खड्का, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई९मामा०, इक्यान झापाका निवर्तमान अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलसहित इलाका प्रहरी कार्यालय अनारमनि र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

शैक्षिक क्षेत्रमा विभिन्न काम गर्दै आएको इक्यानले मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम गरेको भन्दै प्रमुख अतिथि समेत रहेका बिर्तामोड–५ का वडाध्यक्ष प्रसाईँले प्रशंसा गरे । उनले शैक्षिक परामर्शका नाममा विभिन्न ठगीका घटनाहरू बढेको भन्दै विद्यार्थीलाई इक्यानमा रहेका संस्थाहरूको आधिकारिकता बुझेर मात्रै विदेश अध्ययनका लागि जान सुझाव समेत दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष शिवाकोटीले शिक्षाका साथै सामाजिक सेवाका क्षेत्रमा इक्यानले पु¥याएको योगदान प्रशंसनीय रहेको विचार व्यक्त गरे । उनले इक्यान झापाले छोटो समयमा धेरै काम गरेको भन्दै हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

नेल्टा झापाका अध्यक्ष भट्टराईले शैक्षिक क्षेत्रमा इक्यानले धेरै सहयोग गरेको भन्दै विद्यार्थीले शैक्षिक परामर्शकै लागि अन्य जिल्ला धाउनुपर्ने बाध्यताको अन्य भएको बताए । उनले इक्यान झापासँग नेल्टा सहकार्य गर्न तयार रहेको बताए । इक्यान झापाका अतिरिक्त विभाग प्रमुख अनिल सापकोटाले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए ।

स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आएको इक्यानले विभिन्न सामाजिक कामहरू गर्दै आएको छ । रक्तदान कार्यक्रममा विद्यार्थीसहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah