रबिन्द्र यादव

परासी, १८ श्रावण । नवलपरासीको त्रिवेणी धाममा पछिल्लो समयदेखि पर्यटकहरु बढदै गएका छन् । जिल्लाको बिनयीत्रिवेणी गाउँपाकिला ६ स्थित त्रिवेणी धाममा शिश महल र गजेन्द्र मोक्षनारयाण मन्दिरको आकर्षणले पर्यटकहरुलाई तान्ने गरेको छ । त्रिवेणी धाममा नेपालको महत्वपुर्ण धार्मिक स्थल मध्ये एक हो । यस धाममा स्नान गरेपछि सबै पाप धुल्ने यसको मुल्यमान्यता रही आएको छ । यस धामको दर्शन तथा अवलोकन गर्न नेपाल भारतको विभिन्न ठाउँबाट पर्यकट तथा भक्तजनहरु आउने गरेका छन् । वर्षमा दुई पटक यस धाममा मेला पनि लाग्ने गर्दछ । त्रिवेणी धाम तिन वटा नदी मिलेर बनेको छ ।

त्रिवेणी धामलाई गजेन्द्र मोक्ष दिव्य धामले पनि चिनिने गरिन्छ । यस धाममा भगवान विष्णु स्वयम प्रकट भएको विश्वास रही आएको छ । सतियुगमा हाती नारायणी नदीमा पानी खान गएको बेला गोहीले हातीको खुट्टा तानेर मार्न खोज्दा हातीले भगवान विष्णुलाई गुहारेपछि भगवान विष्णु स्यम् प्रकट भई आफनो चक्रले गोहीलाई मारी हातीलाई बचाएको धार्मिक एतिहास रहेको छ ।

यस धामको महत्व र सुन्दरताले नेपाल भारतका विभिन्न ठाउँबाट गरि दिनमा करिब १ हजार पर्यटकहरु यस धाममा आउने गरेका छन् तर यो ठाउँको महत्वका अनुसार यो अझै कम रहेको स्वामी कृष्ण प्रपन्न आचार्यले बताए ।

स्वामी आचार्यका अनुसार यो धाम नेपालकै महत्पुर्ण धाम हो जसको दर्शन र भ्रमण गर्न दिनहुँ हजारांैको संख्यामा भक्तजन तथा पर्यटकहरु आउनु पर्ने हो तर यहाँ बाटोघाटो, धर्मशाला, भोजनालय, स्नानगृह, आवाश जस्ता आवश्यक भौतिक पुर्वाधारको अभावले यो ऐतिहासिक धार्मिक स्थल ओझेलमा परेको छ । यहाँ शुद्ध खानेपानी, विजुली, सुरक्षाको प्रवन्धपनि खासै छैन । यसको महत्वको विषयमा व्यापक प्रचार प्रसार पनि नभएकाले यो झनै ओझेलमा परेको स्वामी अचार्यले दुख व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah