दमक/ नेकपा माओवादी केन्द्र झापाको राजनीतिमा नाम चलेका एक जना नेता आफना समर्थक माओवादी कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन ।
गौरीगञ्ज गाउँपालिकाको २०७४ को निर्वाचनमा अध्यक्ष र २०७९ मा उपाध्यक्षका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धा गरेका गौरीगञ्ज १ निवासी बिद्यानन्दसिं राजवंशी एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज गौरीगञ्ज बजारमा आयोजित कार्यक्रमकाबीच एमाले प्रवेश गरेका हुन ।

उनी माओवादीका सशस्त्र द्धन्द्धकालिन नेता हुन । माओवादी भुमिगत रहेको अवस्थामा उनी अमन नामले चिनिन्थे । माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य रहेका उनी यसअघि कोचिला राष्टिय मुक्ति मोर्चाको नेतृत्व सम्हालेका र माओवादीले जनसरकार सञ्चालन गरेको समयमा जिल्ला जनसरकार उपप्रमुख समेत भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष ओली, एमाले झापाका इञ्चार्ज अग्नी खरेल, झापा क्षेत्र नं ४ का सांसद समेत रहेका एमाले नेता लाल प्रसाद साँवा(एलपी) लगायतका नेताहरुले स्वागत गरेका थिए । पछिल्लो समय कम्युनिष्ट पार्टीको केन्द्र विन्दु नेकपा एमाले भएको ठहर गर्दै आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन ।

राजबंशीसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि ओलीले कार्यक्रममा सम्बोधन गर्दै बिकासको अभियानमा एमाले लागेको बताएका थिए । कृषिमा आधुनिकरण गरि फुसको छाना विस्थापित गरी गौरीगञ्जलाई स्मार्ट सिटी बनाउने ओलीले बताए । खानेपानी, बाटो, उद्योग धन्दा स्थापना गर्ने अब बन्ने एमालेको सरकारको प्राथमिकतामा रहने उनले बताए ।
नेकपा एमाले गौरीगञ्जका अध्यक्ष गोविन्द कुँवरको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा आफ्नै गाउँ आफै बनाऔं, आफ्नो ठाउँ आफै बनाऔं अभियानसंगै देश बनाउने साझा अभियानमा सरिक हुन अध्यक्ष ओलीले आव्हान गरेका थिए ।
केन्द्र, प्रदेश, जिल्लाका सयौं नेता तथा कार्यकर्ता सहभागी भएको कार्यक्रमको स्वागत एमाले सम्बद्ध बिद्यार्थी नेता कृष्ण महतोले गरेका थिए भने गाउँ कमिटी सचिव तथा गौरीगञ्ज गाउँपालिकाका वडा नं ३ का अध्यक्ष श्रवण गिरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah