बिष्णुप्रसाद पोखरेल
दमक/झापाको कमल गाँउपालिका वडा नं. ६, साविक लखनपुर ५ मा सञ्चालित श्री सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिरमा अध्ययनरत बटुकहरुलाइ खाद्यन्न अभाव भएको छ ।

यहाँ अध्ययनरत रहेका ३२ जना बटुक अर्थात बिद्यार्थीहरुलाइ दैनिक उपभोग्य सामाग्रि जुटाउने मुश्किल भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जयनारायण अधिकारीले बताए ।

गूरुकुलमा अध्ययनरत बिद्यार्थीहरु आवसीय रुपमा रहने गरेकाले बिहान बेलुकाको खानाका साथै खाजाहरुको जोह समेत गर्नु पर्ने हुन्छ ।

स्थानीयबाट मासिक रुपमा एकएक मुठि चामल अर्थात मुष्ठिदान संकलन गरेर शुरु गरिएको गुरुकुलमा आकर्षण बढेसंगै दिनहु बटुकहरु थपिने क्रम रहेको बताइएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर चलेको यस गुरुकुलमा चामल, दाल तरकारी, नास्ता लगायतका खाद्यन्नहरुको अभाव गुरुकुल शिक्षा मन्दिरका प्रधानध्यापक बुद्धिप्रसाद न्यौपानेले बताए ।

संस्कार र नैतिक शिक्षाका लागि गुरुकुल महत्वपूर्ण पाठाशाला भएको स्थानीयले बुझेर अहिले बालबालिकाहरुलाइ पढाउन पठाउन थालेको बताइन्छ ।

यहाँ सस्कृतमात्र नभएर अग्रेजी र गणित समेत गुरुकुल शिक्षा मन्दिर ब्यवस्थापन समितिले निर्णय गरेर पठन पाठन गराइएकाले आकर्षण बढेको पाइएको हो ।

आवासका लागि छात्रबास अपूरो अवस्थामा रहेको र अहिले सबैभन्दा ठूलो समस्या खाद्यन्न जुटाउन भएको न्यौपानेले जानकारी दिए । दैनिक करिब १२ देखि १५ केजि चामल पाक्ने गरेको छ ।

३२ जना बिद्यार्थी र ३ जना शिक्षकहरु रहेकाछन् । मुष्ठिदानबाट उठेको चामलले नपुग्ने अवस्था रहेको र दाल तथा शब्जिको सधै अभाव रहेको न्यौपानेको भनाइ रहेको छ । एक बर्ष सामुहिक खेती गरेर खाद्यन्नको जोह भएको थियो ।

झापाको कमल गाँउपालिकामा अरु कुनै पनि गुरुकुल दर्ता भएर सञ्चालनमा नरहेको र यो एउटा मात्र रहेको बताइन्छ । गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले यहाँको समस्याको बिषयमा अवगत भएको बताउदै गाँउसभाबाट के सहयोग गर्ने निर्णय गरिने उनले जनाइन् ।

स्थानीय युवराज अधिकारीले परम्परागत संस्कार र समाजमा पुरोहित तथा पंण्डितहरुको अभाव भइरहेको समयमा यसरी गुरुकुल पढाइ भएको ठाँउमा यसप्रकारको अभाव हुनु दुखद भएको भन्दै सबैले सहयोग गर्नु पर्ने बताए ।

उनले आफ्नो परिवारले गुरुकुल निर्माणका लागि जग्गा प्रदान गरेको जनाउदै छात्रवास बनाउन र दैनिक उपभोग्य सामाग्रि जुटाइ दिन सहयोगि हातहरुलाइ उनले आग्रह गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah