स्वाइनफ्लू रोगको संक्रमणबाट झापाको बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका– १ र ४ निवासी दुई महिलाको मृत्यु भएको हो । उनीहरुको भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । आमसञ्चार अनलाइनले र पूर्वाञ्चल दैनिकले यो समचार प्रकाशित गरेको छ ।

मृत्यु हुनेमा बिर्तामोड–४निवासी ४७ वर्षीया अनीतादेवी मित्तल र बिर्तामोड–१ निवासी ३७ वर्षीया मनिषा अग्रवाल रहेका छन् । उनीहरुको स्वाइनफ्लू रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा सामान्य समस्या देखिएको र खोकी लागेपछि अनीतालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदीता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए । ७ दिनसम्म अस्पतालमा राखेर उपचार गरे पनि विरामी झन शिथिल बनेपछि थप उपचारका लागि उनलाई एयर एम्वूलेन्समार्फत दिल्लीस्थित एपोलो हस्पिटल पु¥याइएको थियो । अस्पताल पु¥याए लगत्तै अनीतालाई चिकित्सकले स्वाइनफ्लू भएको आशंका गरेका थिए ।

उक्त हस्पिटलका डा. एमएस कनवर तथा डा. अन्सारीसहितको १८ जनाको टिमले अनीताको उपचार गरे पनि अस्पताल पु¥याएको ७२ घण्टा वित्न नपाउँदै मृत्यु भएको श्रीमान राजुले बताए । श्रीमतीको स्वाइनफ्लूका कारण मृत्यु भएको हस्पिटलले जनाएको राजुले  बताएका छन् ।

अनीताको गत साउन १ गते अस्पतालमा निधन भएको थियो । सोही अस्पतालमा स्वाइनफ्लूका कारण साउन १५ गते राति मनिषाको पनि निधन भएपछि बिर्तामोडमा स्वाइनफ्लू रोगको संक्रमण फैलिएको आशंका गरिएको छ ।

भारतको शिलगढीमा रहेको नर्सिङ होमका डा. सीपी शर्माको गलत उपचारका कारण समयमै सही उपचार नपाउँदा श्रीमती गुमाउनु परेको भन्दै राजुले भने– ‘शिलगढीमा आवश्यकता भन्दा बढी डोजको एन्टीवायोटिक औषधि चलाएकाले अनीताको शरीर शिथिल भएको र स्वाइनफ्लूको संक्रमणले उनको निधन भएको एपोलो हस्पिटलको रिर्पाेटमा उल्लेख छ ।’

सामान्य खोकी लाग्ने वित्तिकै बिर्तामोडस्थित एक मेडिकलमा जचाउँदा ग्याष्टिक भएको भन्दै असार २० गते औषधि दिएका थिए– राजुले भने – ‘औषधि खाँदा पनि श्वाशप्रश्वाशमा अप्ठ्यारो भएपछि शिलगढी लगिएको थियो ।’ म आफैं पनि बिरामी थिएँ– राजुले भने– ‘डाक्टरलाई देखाउँदा अनीतालाई वेड भर्ना गर्नुपर्छ भनेपछि उनलाई अस्पतालमा भर्ना गरेर म बिर्तामोड आएर कपडा लिएर अस्पताल पुग्दा अनीता झन शिथिल बन्दै गएकी रहिछन् ।’

सात दिनसम्म शिलगढीमा उपचार गर्दा पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेरा मित्र नवीन गट्टानीको सल्लाहमा मैले अनीतालाई एपोलो लगेको थिएँ, तर उनलाई बचाउन सकिनँ– राजुले भने । राजुका अनुसार १५ गते राति आफ्नै श्रीमतीको जस्तै स्वास्थ्यमा समस्या देखिएर अस्पताल पु¥याइएकी मनिषाको पनि उपचारकै क्रममा मृत्यु भएको छ । उनको पनि स्वाइनफ्लूका कारण नै मृत्यु भएको अस्पतालले पुष्टि गरेको राजुले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुशुधन कोइरालाले बिर्तामोडमा स्वाइनफ्लूका कारण मृत्यु भएको विषयमा अनभिज्ञता प्रकट गरेका छन् । उनले आफूहरुलाई यो विषयमा कुनै जानकारी प्राप्त नभएको बताए । स्वाइनफ्लूका कारण मृत्यु भएको हो भने म तत्काल बुझ्न पठाएर नगरपालिकासँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्छु – जनस्वास्थ्य प्रमुख कोइरालले भने ।

यता मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. पिताम्बर ठाकुरले सबैलाई सचेतना अपनाउन आग्रह गरेका छन् । सुँगुर, वंगुर, हाँसबाट यो रोगको संक्रमण फैलिने भएकाले जनस्वास्थ्य र पशु कार्यालयसँग समन्वय गर्दै कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । उनले बिर्तामोडवासीलाई सजग रहन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah