कपनको राम मन्दिर नजिकै भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरको भूइँतलामा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो। मृतकको पहिचान हुन सकेको छैन। मृत्यु हुनेमा उक्त कम्पनीमा काम गर्ने कामदार हुनसक्ने प्रहरीको अनुमान छ।

आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भएको समेत प्रहरीले जनाएको छ। काठमाडौं र ललितपुरका दमकल पनि आगो नियन्त्रणमा लागिरहेका छन्।

प्रहरीका अनुसार बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा ठूलो आवाजसँगै एक्कासी आगो लागेको थियो। प्रहरीका अनुसार घटनास्थलमा दुई जनाको मृत्यु भएको र एक जनाको शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भयको हो। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले बताएको छ। घटनाको पूर्ण विवरण, क्षतिपूर्ति आउन बाँकी रहेको र प्रहरीले खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah