सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेम गीत ३’ नेपाली कलाकार, नेपाली निर्माता र नेपाली ब्यानरबाट बनेकाले स्वदेशी नै भन्नुपर्ने बताए ।

‘निर्माण युनिटले हिन्दी संस्करणका लागि चलचित्र विकास बोर्डबाट केही प्रकृया पुरा गर्नुपर्नेछ । त्यसका लागि विकास बोर्डमा छलफल भइरहेको छ’, प्रवक्ता पोखरेलले भने ‘फिल्मले स्वदेशी मान्यता पाउनेछ ।’

‘प्रेम गीत ३’ को हिन्दी संस्करण विवाद पछि मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार मन्त्रालय समेत बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेका थिए । सोधपुछका क्रममा अध्यक्ष केसीलाई सबै कुरो जानकारी गराएर नेपाली मान्यताका लागि पहल गर्न पठाएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah