जतात्यतै भष्ट्रचार मौलाउदा पनि कारवाही नगरी मौन बसेको भन्दै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सत्तारुढ दलकै सभासद्ले मुलुक माफियाहरुले चलाईरहेको आरोप समेत लगाएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै सत्तारुढ नेपाली काग्रेसकै सभासद् धनबहादुर गुरुङ्ग र माओवादी केन्द्रका रामनारायण विडारीले भष्ट्रचार मौलाउदै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।
सभासद् गुरुङले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणमा चलखेल गरेर खेजुवालाई जिम्मा दिनुमा ठुलो जालझेल रहेको आरोप लगाउनु भयो ।
उहाले यसविषयमा सरकार र विपक्ष तै चुप मै चुप रहेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो । मुलुक त अहिले माफियाहरुले चलाईरहेका छन्, दलका नेताहरु त देखाउने दात मात्र भएको भन्दै अब यस्ता भष्ट्रचारीलाई कारवाहीको दायरामा ल्याउन संसदले नै पहल गर्नुपर्छ, सांसद गुरुङको भनाई थियो ।
सांसद विडारीले भने सरकारी सस्थानहरुले जग्गाप्राप्ती ऐन २०३५ लाई पाखा लगाएर आफै जग्गा खरिद विक्रि गर्ने गरेको भन्दै यस विषयमा सरकार मौन बस्नु आश्चर्य जनक रहेको प्रतिक्रिया दिनुभयो ।
उहाले चिकित्सा क्षेत्र सुधारको माग गर्दै डाक्टर गोविन्द केसी पटक पटक अनसन बस्दा पनि सरकार किन समस्या समधान गर्न पहल गर्न सक्दैन् ।
पटक पटक सहमति गर्ने अनि किन कार्यन्वयन गर्न सक्दैन, कोही हाम्रा होइनन्, हाम्रा कोही छैनन् भन्ने सरकार चाहिएको उहाको भनाई छ । बैठकमा अन्य सभासद्हरुले शिक्षा क्षेत्रमा देखिएको समस्या लगायतका विषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।



