लखन चौधरी
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा एकाएक भावुक भइन् । उनी नेपालीको घर आँगनमा भित्रिसकेको दसैँ र दसैँमा हुने उल्लासलाई स्मरण गर्दै भावुक भएकी थिइन् ।

‘धेरै कुरा भन्न चाहन्नँ । दसैँ घर आँगनमै आइपुगिसकेको छ । तपाईंहरुको बुबा, छोरा पनि दसैँ मनाउन घर पुगिसकेका होलान् । कोही पुग्दै होलान्,’ उनले भनिन्, ‘मलाई पनि लाग्छ, मेरो श्रीमान पनि दसैँ मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ? जो–जो कारागारमा छन्, उनीहरु पनि घर आएको भए उनीहरुका घर परिवारमा कस्तो खुसियालीको माहोल हुन्थ्यो होला ।’

उनले २०७२ मा संविधान बनिरहँदा आफूहरु पनि यो देशको नागरिक भएकाले पहिचान र अधिकार चाहियो भनिरहँदा आफूमाथि राज्यबाट चरम दमन र अत्याचार भएको उल्लेख गरिन् । त्यो दमन र अत्याचारबाट उन्मुक्तिका लागि नै नागरिक उन्मुक्ति पार्टी गठन भएको उनले स्पष्ट पारिन् ।

उनले आफ्ना आफन्तजनसँग यो दसैँ मनाउन नपाए पनि आउँदो माघी भने अवश्य पनि घरपरिवारसँगै मनाउन पाउने आशा व्यक्त गरिन् । टीकापुर घटनाका जेलबन्दीहरु त्यतिन्जेलसम्म घर आउनेमा उनले विश्वास व्यक्त गरिन् । त्यसका लागि आउँदो मंसिरमा मतदाताको साथ चाहिने उनको भनाइ थियो ।

‘गएको पुसमा दर्ता भएको पार्टी आज कैलालीको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । आउँदो मंसिरमा हामीलाई भोट दिइ राष्ट्रिय पार्टी बन्न सहयोग गर्नुस्’, उनले अगाडि भनिन् ‘यो दसैँमा त सम्भव हुँदैन होला । आउँदो माघी जसरी पनि आफ्नो घर परिवारसँगै मनाउने बाटो बनाइदिनुस् ।’ रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah