भरतपुरको चुनावको मुखमा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरबलाई प्रहरीले पक्राउ गरेपछि यतिबेला निकै ठूलो तरंग उत्पन्न भएको छ ।

माओवादी मेयरकी उम्मेदवार रेणु दाहालले आफूलाई फेसबुकमार्फत गाली बेइज्जती गरेको भन्दै उजुरी दिएको दुई महिनापछि प्रहरीले निरबलाई पक्राउ गरेको हो । एमालेले भरतपुरको मतपत्र च्यातेको भनेपछि निरबले रेणुलाई ‘नकचरी आइमाई, सडकमा नांगै हिँडे पनि हुने’ भन्दै लेखेका थिए ।

सोही अभियोगमा अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले बुधबार काठमाडौँको पुतलीसडकबाट उनलाई पक्राउ गरेको हो । दुई महिनासम्म शान्त रहेको प्रहरीले चुनावको मुखमा निरबलाई पक्राउ गरेपछि निरबका पिता एवं रेणुसँग प्रतिस्पर्धा गरिरहेका देवीले आपत्ति जनाएका छन् । उनले यसलाई चुनावी मसलाका रुपमा लिएका छन् ।

पेशाले कानुन व्यवसायी समेत रहेका निरबले गएको असार ३ गते नै प्रेस विज्ञप्ति जारी गरी माफी समेत मागेका थिए ।

यस्तो छ निरबको विज्ञप्तिः

म निरव ज्ञवालीले मिति २०७४।०२।१५ गते दिउसो अन्दाजी १ः०० बजेको समयमा भरतपुर महानगरपालिकाको मेयरको प्रतिष्पर्धी उम्मेदवार रेणु दाहाल ले “एमालेका साथीहरुले मतपत्र च्यात्नुभयो” भन्ने समेत व्यहोरा भएको न्युज लिंक मा कमेन्ट गरी आक्रोशपूर्ण अभिव्यक्ति दिएको ठिक साँचो हो । उक्त घटना तत्काल उत्पन्न भएको परिस्थितिको क्षणिक आवेश भएको र आवेश प्रकट गर्दा शब्दको चयनमा त्रुटि भएको र सोबाट उम्मेदवार रेणु दाहाललाई आघात परेको प्रति दुःखी छु । उपरोक्त अनुसार लेख्नु गलत थियो भन्ने लागेर छोटो समयमा नै उक्त पोष्ट हटाई सकेको थिएँ र केही समयमा माफि पनि मागेको थिएँ । उक्त घटना तत्कालको परिस्थितिले उत्पन्न गरेको आवेगका कारणले म आफैबाट भएको व्यक्तिगत त्रुटि रहेको र सो को जिम्मेवारी पनि म स्वयंले लिनुपर्ने भएकाले यसलाई मेरो पिता र परिवारले दिएको संस्कारसँग जोडेर नहेरिदिनुहुन सबैमा अनुरोध छ ।

उक्त घटना पश्चात म समेतलाई लक्षित गरी मेरो फेसबुक इनबक्स, माओवादी केन्द« समर्थित फेसबुक पेजहरुमा र फोनमार्फत ज्यान मार्ने धम्की दिने, म ड्रग्सको कुलतमा परी सुधार गृह बस्दा समेत नसुध्रिएको भनि कपोकल्पित व्यहोरामार्फत मेरो चरित्र हत्या गर्ने कार्य समेत प्रति दुःखी छु ।

बद्नियतपुर्बक मतपत्र च्यातेर, त्यसको दोष उल्टो एमालेप्रती लगाइएको अबस्थामा, आबेगात्मक प्रतिकार स्वरुप शब्दचयनमा भएको गल्तिलाइ आफै महसुस गरि तुरुन्तै हटाइएकोमा, उक्त पोस्टलाई नारी माथिको अपमानको उपमा दिएर,माओबादी निकट र बिपक्षीहरुबाट नै उक्त त्रुटिपूर्ण शब्दहरुलाइ रेणु दाहालको फोटोसँगै राखेर अतिरन्जित तरिकाबाट भाइरल बनाउने काम भएको छ, यसबाट राजनैतिक लाभका लागि ती शब्दहरुको व्यापार गर्ने उद्देश्य देखिन्छ।

एकातिर उक्त घटनाको उपरोक्त पाटो छ अर्कातिर प्रतिष्पर्धी उम्मेदवार रेणु दाहालले जानाजान संचार माध्यममा सोझो झुट बोलेको व्यहोरा प्रमाणित भइसकेको अवस्थामा पनि एकपटक पनि माफी माग्ने चेष्टा नगर्नु, उहाँको दलका कार्यकर्ताले भरतपुर महानगरको वडा नं १९ मा मतपत्र च्यात्न संलग्न व्यक्ति समेतलाई साथ लिएर मत माग्न जानु आश्चर्यको विषय भएको छ, सो समेतलाई विचार गरिदिनुहुन सबैमा अनुरोध छ ।

निरब ज्ञवाली

हामीले दैनिक नेपाल बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah