महानगरीय अपराध महाशाखाले भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई साइबर क्राइमको आरोपमा आज पक्राउ गरेको छ ।
उनीमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री तथा भरतपुर महानगरपालिकाको मेयर पदकी प्रत्यासी रेणु दाहाललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप लागेको छ ।
रेणु दाहालले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । दाहालले दिएको जाहेरीको आधारमा ज्ञवालीलाई फरार प्रतिवादी बनाएर यसअघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकिएको छ ।
विद्युतीय कारबाही ऐनअन्तर्गत यसअघि अनुसन्धान सकेर अभियोग पत्र दायर गरिसकिएको हुनाले प्रहरीले अब उनलाई हिरासतमा राख्न पाउँदैन । शुसान अनलाइनलेख्छ ।
महानगरीय अपराध महाशाखाले काठमाडौं जिल्ला अदालतमा बयान र थुनछेक आदेशका लागि पेश गर्ने तयारी गरेको छ ।



