झापा । चट्याङ लागेर झापामा एक बालिकाको मृत्यु भएको छ । आज साँझ बिर्तामोड ३ सैनिकमोडमा चट्याङ लागेर ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो ।
साइकलमा गुडिरहेकी अवस्थामा उनलाई आज साँझ चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।



