दक्षिण पर्वतको विहादीमा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
बुधवार विहादी गाउँपालिका २ बर्राचौरमा आयोजित सभामा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट उक्त संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
स्थानिय तहको चुनाव लगत्तै माओवादीका केन्द्रिय सदस्य अनिल मास्के एमालेमा प्रवेश गरेपछि अहिले उक्त गाउँपालिकाबाट माओवादीका अधिकांस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र पर्वतका जिल्ला कमिटि सदस्य धनराज पुरी सहित काँग्रेस र जनमोर्चा परित्याग गरी दुई सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले पर्वतका उपसचिब गोविन्द पहाडिले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका धनबहादुर क्षेत्री सहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चाबाटै पुनाखर पौडेल, खैसरा पौडेल, अमृत पौडेल, विशाल पौडेल, लेखनाथ पौडेल, मैना पौडेल, रामप्रसाद पौडेल रहेका छन् । त्यसैगरी माओवादीबाट स्थानिय गोवानन्द गिरी, दुर्गालाल गिरी, देउनारायण गिरी, मानसिंह ठकुरी, राज ठकुरी, हिरालाल गिरी, एकनारायण गिरी, माया गिरी, तारिका गिरी, सावित्रा नेपाली, गंगा गिरी लगायत दुई सय भन्दा बढि रहेको एमाले पर्वतले जनाएको छ ।
दुई चरणमा भएका कार्यक्रममा माओवादीबाट सवैभन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेको पहाडीले जानकारी दिनुभयो ।
नवप्रवेशीहरुमा लाई सांसद विकास लम्साल, नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, उपसचिब गोविन्द पहाडि लगायतका नेताहरुले दोसल्ला, फुल माला र खाँदा लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सांसद लम्सालले नेकपा एमालेनै अहिले नेपाली जनसमुदायको आकर्षणको केन्द्र बनेको बताउनुभयो । उहाँले नवप्रवेशीहरुलाई पार्टीले तत्काल उचित जिम्मेवारी प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । नेकपा एमालेको नीति र एजेण्डाकै कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताउँदै अन्य दलहरुमा बसेर पिल्सिनुभन्दा एमालेमा गोलवन्द हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै केहि दिनभित्रै पार्टीका बैठक बसेर उचित जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।
उहाँले पछिल्लो स्थानिय तहको निर्वाचनलेपनि एमालेनै मुलुकको पहिलो शक्ति हो भन्ने प्रष्ट देखाएको बताउँदै एमालेका जनमुखि कामका कारण पार्टीप्रतिका आकर्षण बढेको बताउनुभयो । उहाँले एमालेभित्रका सवै कार्यकर्ताहरुले कुनै न कुनै जिम्मेवारी पाउने बताउँदै मुलुक र जनताको सेवाका लागि एमाले सदैव तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सिङ्गो पर्वत एमालेको किल्ला बन्न सफल भएको समेत उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिब गोविन्द पहाडि, प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डे, सचिवालय सदस्य जीवन उच्चै ठकुरी, विहादि गाउँपालिकाका अध्यक्ष कमल भुसाल लगायतले बोल्नुभएको थियो । दैनिक नेपाल बाट साभार



