उच्च शिक्षा र आर्थिक रूपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

अाजको नागरिक दैनिकमा खबर छ– जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ। त्यस्तै, मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्युरोले उनीहरूलाई फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोश पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा चारैजना नेपाल प्रहरीको खोजी सूचीमा परेका हुन् ।

एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । अन्य तीन जनामाथि नेपालमा मुद्दा दर्ता गरेर ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । ‘उनीहरूको कसुर र अनुसन्धान प्रक्रियाबारे आवश्यक कागजपत्र नेपालमा रहेको इन्टरपोलमार्फत ती देशको इन्टरपोल शाखामा पठाइसकेका छौं,’ ब्युरोकी प्रवक्ता मीरा चौधरीले नागरिकसँग भनिन्, ‘उनीहरूलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।’

अस्ट्रेलियामा एसएमएस आतंक

छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेको अवस्थामा यस्तो सन्देशले सनसनी मच्याएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उद्गमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहितको रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे ।

शाहमाथि अनुसन्धान गर्दा ७ वर्षअघि सूचना प्रविधि दुरुपयोग गरी एक १६ वर्षीया किशोरीलाई दुःख दिएको अभियोगमा अस्ट्रेलियामा एक वर्ष जेल बसेर नेपाल फर्काइएको खुल्यो । नेपाल फर्किएका उनी ६ वर्षसम्म मौन बसे । फेरि अमेरिका जाने प्रयास गरे । आइएलटिएस पास गरेर अमेरिका जाने प्रक्रिया अघि बढाउँदा उनको आपराधिक रेकर्डका कारण रोकिएपछि आवेगमा आएर उनले निःशुल्क एसएमएस पठाउन मिल्ने साइटको प्रयोग गरेर अस्ट्रेलियाका विभिन्न नम्बरमा सन्देश पठाएर आतंक मच्याए । ‘मेरो कुरा नसुनी एकतर्फी रूपमा मलाई दोषी बनाउँदै जीवन बरबाद बनाए,’ ब्युरोको हिरासतमा भेटिएका शाहले नागरिकसँग भने, ‘त्यही कारण अमेरिका जाने प्रयास असफल भएपछि रिस थाम्न सकिनँ र सन्देश पठाएँ।’

शाहका अनुसार सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएका उनको मन १६ वर्षीया किशोरीमा बस्यो। लाइब्रेरीमा भेटिएकी उनलाई पिछा गरे तर उनले वास्ता गरिनन् । उनले किशोरीको सामाजिक सञ्जाल खाता ह्याक गरेर सयभन्दा बढी म्यासेज पठाएर हैरान बनाए। केस प्रहरीमा पुग्यो । दोषी ठहर भएका उनलाई कैद सजाय काटेपछि नेपाल फर्काइयो । ‘नेपालबाट म्यासेज गर्दा कसैले पत्ता लगाउन सक्दैन भन्ने लागेको थियो, हैन रहेछ’, उनले भने, ‘अब यस्तो कहिल्यैं गर्दिनँ ।’

सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपशब्द प्रयोग गर्दै निरन्तर गाली गरेर जातीय–धार्मिक द्वेष फैलाएको अभियोगमा आत्मराम थपलियालाई जर्मनीबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ। फेसबुकमार्फत उनले निरन्तर जातीय र धार्मिक द्वेष फैलाएको अभियोग दर्ता गरेर ब्युरोले उनलाई नेपाल ल्याउन प्रक्रिया थालिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah