जनकपुरधाम । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा २ जनाको मृत्यु भएको छ ।
धनुषा । जनकपुरधाम उपमहानगरपालिकामा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीय अमित मिश्र र १४ वर्षीय छोरा शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो । उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।



