बिष्णुप्रसाद पोखरेल
दमक/झापाको गौरादह नगरपालिकामा फोटो सहितको मतदाता नामवली भर्नका लागि आएको फारम नगरप्रमुखले आफूले घरमा राखेको भन्दै बिरोध शुरु भएको छ । कतिपयले सामाजिक सञ्जाल फेसबुकमा नगरप्रमुखले कब्जामा लिएको भनेर आलोचना गर्दै सत्यतथ्य बाहिर ल्याउन आग्रह समेत गर्न थालेकाछन् ।

नगरपालिका श्रोतका अनुसार नगरपालिकाले जिल्ला निर्वाचन कार्यालय झापाबाट बुझेर ल्याएको एकहजार फारम नगरपालिकामा नभइ नगर प्रमुख रोहित शाहले आफै राखेकाछन् ।

अहिले गौरादहमा जसको शक्ति त्यसकै भक्तिजस्तै निर्वाचन आयोगको फारम बाँड्ने गरेको पाइएको गौरादहका एक सामाजिक अगुवाले बताएकाछन् ।

यो फारम भरेपछि सिधै लाइनमा बसेर फोटो खिच्न सजिलो बाहेक खास प्रयोजन पनि नभएको बताइन्छ । अधिक भिड भएपछि आफ्ना कार्यकर्ताहरुलाइ घरमा नै फारम भरेर लैजान प्रेरित गर्न यस्तो गरिएको जनाइन्छ ।

उक्त फारम ल्याएर निर्वाचनमा खटिएका कर्मचारीलाइ बुझाउनु पर्नेमा सिधै नगरप्रमुखले लगेकाले आफ्ना मान्छेलाइ मात्र पुग्न सक्ने भएकाले आफूहरुले यस बिषयमा कुरा उठाएको एक वडा सदस्यले बताएकाछन् ।

प्रमुख शाहले यो सरासर गलत भएको बताएकाछन् । शाहले ३ वटा वडाध्यक्षलाइ आफूले बितरण गरेको बताएकाछन् । आफूले ब्यवस्थित गरेर बाँडेको र भोली ४,५ र ८ वडामा बाड्नका लागि राखेको जनाएकाछन् । फारम लाने अनि आफ्नो मान्छेलाइ दिने गरेको पाइएकाले आफूले यस्तो कार्य रोक्नका लागि प्रमुख हैसियतले राखेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah