रुकुमको सिस्ने गाउँपालिका –८ का सदस्य मेगराज पुनमगरको रुखबाट लडेर मृत्यु भएको छ । स्यालापाखाका ५३ वर्षीय वडा सदस्य पुनमगर बुधबार घर नजिकैको रुखमा चढेर घाँस काट्ने क्रममा लडेका थिए ।

रुखबाट लडेर गम्भीर घाइते भएका पुनमगरको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बिहीबार अपरान्ह सल्यानमा मृत्यु भएको वडा अध्यक्ष खर्कसिंह थापाले जानकारी दिए । पुनमगरलाई जिल्ला अस्पतालमा रुकुममा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

रुखबाट लडेका उनको शरीरमा देखिने गरी चोट नलागे पनि भित्री चोट लागेको थियो । दोस्रो चरणमा १४ असारमा भएको स्थानीय तह निर्वाचनमा पुनमगर माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि पुथाउत्तरगंगा गाउँपालिका –७ कि दलित महिला सदस्य बयानसरी कामीको श्रीमान्बाट हत्या भएको थियो । दुईजना वडा सदस्यको मृत्यु भएपछि अब रुकुममा जनप्रतिनिधिको संख्या पाँच सय ३६ भएको छ । नौ वटा स्थानीय तह रहेको रुकुममा यसअघि पाँच सय ३८ जना जनप्रतिनिधि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah