काठमाण्डाै – विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियाेनल मेस्सी पाँचौँ पटक विश्व कप खेल्दैछन्। तर उपाधि जिताउन सकेका छैनन्।

त्यस्तै, आज हुने अर्को खेलमा डेनमार्क र ट्युनिसियाबीच बेलुका पौने ७ बजे तथा मेक्सिको र पोल्यान्डबीच राति पौने १० बजे खेल हुनेछ । त्यस्तै फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे हुनेछ।

विश्व कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले विजयी सुरुवात गरेका छन्। अमेरिका र वेल्सले बराबरी खेलेका छन् । नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल तथा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गोल अन्तरले हरायो । कतारमा भैरहेको विश्व कप फुटबलमा ३२ देश सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah