एकीकृत समाजवादीको मत न्यून, मधेसमा जनमत दोस्रो, काठमाडौंमा सबैभन्दा धेरै मत स्वतन्त्र पार्टीलाई
मंसिर ७, २०७९मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । माओवादी चौथो र राप्रपा पाँचौं स्थानमा छन् ।

मंगलबार राति २ बजेसम्म एमालेले १ लाख ६६ हजारभन्दा बढी मत ल्याएको छ भने कांग्रेसले १ लाख ४४ हजार मत कटाएको छ । स्वतन्त्र पार्टीले ७३ हजार मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको माओवादीले ७० हजार मत कटाएको छ ।

प्रदेशसभातर्फ प्रदेश १ मा एमालेले अग्रता लिएको छ भने कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ । राप्रपा र जनता समाजवादी क्रमश: चौथो र पाँचौं स्थानमा छन् । मधेसमा कांग्रेस पहिलो, जनमत दोस्रो र एमाले तेस्रो स्थानमा छ । चौथोमा जनता समाजवादी र पाँचौंमा माओवादी रहेको छ । वाग्मतीमा एमालेले अग्रता लिएको छ । कांग्रेसले दोस्रो मत ल्याएको छ भने राप्रपा तेस्रो स्थानमा छ । गण्डकीमा पनि एमाले अगाडि छ । त्यहाँ कांग्रेसपछि तेस्रोमा माओवादीले मत पाएको छ । लुम्बिनीमा एमाले नै अगाडि छ भने नागरिक उन्मुक्ति पार्टी पाँचौं स्थानमा छ । कर्णालीमा भने माओवादीले अग्रता लिएको छ । एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा छ ।

समानुपातिकमा नेकपा एकीकृत समाजवादीले पाएको मत भने न्यून छ । आयोगको सूचीमा एस नवौं स्थानमा छ । सुदूरपश्चिमको विवरण आयोगले अद्यावधिक गरेको छैन । वाग्मतीको जिल्लागत रूपमा हेर्दा काठमाडौंमा सबैभन्दा धेरै मत स्वतन्त्र पार्टीले पाएको छ । दोस्रोमा कांग्रेस र तेस्रोमा एमाले छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलका तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधि र प्रदेशसभाको सदस्यमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि समानुपातिक मतको व्यवस्था छ । निर्वाचन अधिकृतले मतगणना गरी प्रत्येक दलले प्राप्त गरेको कुल सदर मत संख्याको विवरण आयोगमा पठाउनुपर्ने हुन्छ । निर्वाचन क्षेत्रबाट विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत संख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने संख्या निर्धारण गर्नेछ । दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सिट संख्या बाँडफाँट गरिन्छ । कुनै सिटमा एकभन्दा बढी दलको बराबर भागफल आएमा आयोगले गोला हालेर सिट निर्धारण गर्नेछ । सिट संख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी दललाई जानकारी गराउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah