नेपाली काँग्रेसबाट नगरप्रमुख र उपप्रमुख उम्मेदवार रहेका ढुण्डिराज भण्डारी र रेगिना भट्टराइ दमक नगरपालिका नै पुगेर निर्वाचत प्रमुख तथा उपप्रमुखलाइ बधाइ दिएकाछन् ।
यसको समन्वय र ब्यवस्थापन साँसद महेन्द्रकुमारी सुब्बाले गरेकी थिइन् । साँसद सुब्बा, उम्मेद्वार भण्डारी र भट्टराइले नगरप्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारीलाइ बधाइ दिदै सफल कार्याकालको शुभकामना दिएका थिए ।
काँग्रेस नेता पर्शु रिजालले प्रजातन्त्रमा हार र जित स्वभाविक भएको भन्दै ढिलै भएपनि यो एउटा प्रजातान्त्रिक संस्कार भएको बताएका थिए । उनिहरुले सामुहिक फोटो समेत खिचाएका थिए ।

उम्मेदवार बनेका भण्डारीले जनताको अभिमतलाइ स्वीकार गरेर अब आफूले ल्याएका योजनाहरु पनि नगरपालिका कार्यक्रमभित्र पर्ने अपेक्षा रहेको बताएका थिए । उनले आफूले सकेको प्रमुख ओलीलाइ सहयोग गर्ने बताए ।
सो अवसरमा प्रमुख ओलीले आफूलाइ खुसि लागेको बताउदै अब आफू सबैको साझा नगरप्रमुख भएकाले कसैलाइ पनि राजनीतिक आस्थाको आधारमा बिभेद नगर्ने बताए ।
ओलीले राम्रा योजना र सहि सल्लाह दिने ब्याक्ति सधै आफ्नो हितैषी बन्ने भन्दै उनिहरु आफ्ना सल्लाहकार नै हुने जनाए । अब दमकबासीले ६ महिनाभित्रमा केहि परिवर्तन देख्ने उनको भनाइ थियो ।



