गृहमन्त्रालयले राजधानी काठमाडौलाई अपराध मुक्त बनाउन क्लिन स्विप अभियान संचालन गर्ने भएको छ । राजधानी नै सुरक्षित नभएको भन्दै आलोचना भईरहेका बेला गृह मन्त्री जनार्दन शर्माले क्लिन काठमाडौ बनाउने योजना सार्वजनिक गर्नुभएको हो ।
मन्त्रालयमा आयोजित नियमति पत्रकार भेटघाटमा मन्त्री शर्माले ठगी, अपराध, गुण्डागर्दी, चेलीबेटी बेचबिखन लगायत सबै अपराध नियन्त्रण गरेर राजधानीलाई क्लिन बनाउने योजना सार्वजनिक गर्नुभयो ।
अब काठमाडौ उपत्यका सुरिक्षत हुनेछ, कुनै अपराधी उम्कन पाउदैन । हामी अपराधी र गुण्डालाई तह लगाएर हरेकलाई सुरक्षाको प्रत्याभूति दिइनेछ, गृहमन्त्री शर्माको भनाई थियो । उहाले यसका लागी प्रहरीलाई प्रविधियुक्त बनाइने समेत स्पष्ट पार्नुभयो ।
जनस्तरबाटै अपराध नियन्त्रणका लागी सहयोग चाहिने बताउदै मन्त्री शर्माले शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रणका निम्ति हाम्रा भन्दा पनि राम्रा प्रहरी अधिकृत खटाउने बताउनु भयो । यस्तै उहाले काठमाडौ र पोखराका बजार अब २४ संै घण्टा खुल्ला गरिने पनि जानकारी दिनुभयो । यी दुई शहर पर्यटनका लागी मेरुदण्ड भएकाले अब रात्रीकालीन व्यवसाय गर्न कुनै रोकतोक नहुने र २४ सैं घण्टा खुल्ला हुने बताउनुभयो ।



