राष्ट्रिय भूमि आयोग, काठमाडौंले सुकुमबासीको उचित व्यवस्थापनविना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।

मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगका काठमाडौं अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर एकतर्फी ढंगले अघि बढेको बताए। चुनावका वेला आचारसंहिताका कारण काम गर्न नपाएको भन्दै उनले अहिले लागत संकलनमा आयोग जुटेको स्पष्ट पारे।

आयोगले लागत संकलन गरी वास्तविक सुकुमबासीहरूको पहिचान नगरी महानगर डोजर लिएर गएको कुरा उचित नभएको उनको भनाइ छ। उनले यस्ता गतिविधि रोक्न र सही तरिकाबाट हल निकाल्न वार्ताको विकल्प नरहेको प्रस्ट पारे। ‘महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौँ। लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो,’ उनले भने।

अध्यक्ष प्रजापतिले सुकुमबासीका लागि इचंगुनारायणमा बनाइएको अपार्टमेन्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए। उक्त अपार्टमेन्टमा एक सय ३४ परिवार राख्ने भनिए पनि लागत संकलनपछि मात्रै सुकुमबासीको यकिन तथ्यांक थाहा हुने उनले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah