अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) जियोकम/बीडीए/रेज (संयुक्त)ले तयार गरेको हो ।

फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । सो फ्लाइओभरको उचाइ ५।५ मिटरको हुनेछ ।

सडक विभागका अनुसार १४ महिनामा निर्माण सम्पन्न हुनेछ। १७ करोड ६८ लाख लगानीमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए। डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृत भएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्म ट्राफिक व्यवस्थापन मिलाउन सूचना समेत जारी गरेको छ।

प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्टट्रयाकबाट चलाइने छ।

यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीलाई फाष्टट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah