भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार भएको चुनावको पछिल्लो नतिजा अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडी छन् ।
उनले ४१ ह्जार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ । १९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउदै लगेकी छन् ।
उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान गर्न भनेका थिए।
मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले शुक्रवार रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समुहमा बाँडेर मतगणना भइरहेको छ।
भरतपुर
रेणु ४१०३१
देवी ४१५४३
फरक : ५१२
गन्न बाकी : ४५६६भरतपुरमा महानगरमा रेणु उस्कदै देबी र रेणुबीच ५ सय १२ को मतान्तर



