देबि : ४१६३९

रेणु : ४१२५२

मतान्तर ३८७

बिष्णुप्रसाद पोखरेल

दमक/भरतपुर महानगरको १९ नम्बर वाडको मतगणनाले अहिले धेरैको ढुकढुकी बढाएको हुनु पर्छ । यतिखेर सबैको ध्यान भरतपुरमा केन्द्रित रहेको छ ।

माओबादी केन्द्र र काँग्रेस गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार रेणु दाहाल र नेकपा एमालेको तर्फबाट देबीप्रसाद ज्ञवालीको प्रतिस्पर्धा रोचक नै रहेको छ ।

 

१९ नम्बरको मत परिणामले अझ कौतुहलता बढाएको छ र बाँजी कस्ले मार्ला भनेर यसै भन्न सक्ने अवस्था छैन । ज्ञवाली ३ सयभन्दा बढि मतले अगाडि भएकाले उनि केहि हदसम्म आशाबादि रहेकाछन् तर ढुक्क रहेका छैनन् ।

उनको अपेक्षा रहेको थियो मतपत्र च्यातिएको घटनाले दाहाललाइ ठूलै असर पुग्छ र आफ्नो पक्षमा यो वाडमा मत आउछ । तर त्यो देखिएन । तर माओबादी र काँग्रेसको गढमा यो मत पनि चानचुने नभएको एमालेका स्थानीय नेताहरुको भनाइ छ ।

 

दाहाल पनि ढुक्क रहेकी छैनन् । गणना हुन बाँकी रहेको क्षेत्र पनि आफ्नो पकड मानिएपनि मतदाताले कहाँ मत हाले भन्ने ब्यालेटमा रहेको छ । यहाँ ज्ञवाली र दाहाललाइ बराबरीको अवस्थामा आउने आँकलन पनि कतिपयको रहेछ ।

 

१९ नम्बरमा उनलाइ यत्रो मत आउनुको एउटा कारण के छ भने उनि अदालतको फैसला पुन मतदान आउछ भन्नेमा ढुक्क थिइन् र सुक्ष्म रुपमा आमा समुह देखि लिएर सबै क्षेत्रमा उनि लागेका थिइन् ।

 

यहाँ एउटा रोचक के पनि रहयो भने वाडध्यक्षमा भने काँग्रेस र एमालेबीच कडा टक्कर रहेको पाइएको छ । तर एमालेका वडाध्यक्षलाइ जति मत आयो त्यति मेयरलाइ नआएको देखिन्छ । स्थानीयता र ब्याक्तिगत प्रभावले यस्तो हुन गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah