क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा सर्वसाधारणको रकम ठगी गर्ने मुख्य योजनाकार पवन कार्की अमेरिकामा लुकेर बसेका छन् ।
तर उनको ठगी धन्दाका लागि खोलिएका कम्पनीका कागजी मालिक बनेका ४२ जना बैंकिङ कसुरअन्तर्गत कारबाहीमा परेका छन् ।
त्यसमा उनकै ससुराली गाउँ काभ्रे बुडौलका निर्दोष व्यक्ति बढी छन् । खबर आजकोकान्तिपुर दैनिकमा छ ।
यी ४२ जनामध्ये आधा दर्जन अझै जेलमै छन् । केही छुटिसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरुको भनाइ छ ।
अदालतले कार्कीका कारण साढे तीन अर्ब रुपैयाँ नोक्सान भएको ठहर गरेको छ ।



