पोखरा बस व्यवसायी समितिले शुक्रबार साँझदेखि पोखरा–लेखनाथ महानगरपालिकामा सन्ध्याकालीन बस सेवा शुरु गरेको छ ।

रातिसम्म महानगरवासीलाई सेवा दिने उद्देश्यले सन्ध्याकालीन बस सेवा शुरु गरिएको समितिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिनुभयो । समितिले हाललाई दुई बाटाबाट सेवा शुरु गरेको हो । पहिलोमा हल्लनचोक–बाराहीचोक–राष्ट्र बैंकचोक–बिरौटा–एयरपोर्ट–लखनचोक–भीमसेनचोक–नदीपुर हुँदै बगरसम्म तथा दोस्रो बाटामा जिरो किलोमिटर–सिर्जनाचोक–सभागृहचोक–चिप्लेढुंगा– हस्पिटल–माटेपानी हुँदै काहुँखोला जाने बाटो तय भएको छ ।

सेवाग्राहीको माग बढ्दै गएमा थप बाटो पनि थप्दै जाने बताइएको छ । अहिले साँझसम्म मात्रै बस चल्दै आएकामा समय बढाएर राति ९ बजेसम्म सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
सन्ध्याकालीन सेवाका लागि समितिले हाल आठ बस सञ्चालनमा ल्याएको छ । महानगरका ३३ वटै वडामा समितिले अहिले ३ सय ७८ वटा सुविधासम्पन्न नगर बस सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah