
चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणना सुरु भएको छ ।
शुक्रबार मतदान भएको वडा नम्बर १९ को मतगणना सकिएपछि २० को मतगणना सुरु भएको हो ।
मतदान सकिएपछि १९ नम्बर वडाको मतगणना शुक्रबार राति ११ बजेदेखि सुरु भएको थियो । १९ नम्बर वडाको मतगणना सकिसकेको छ ।
शुक्रबार भएको मतदानमा वडा नम्बर १९ मा २ हजार ८ सय ७० मत खसेको थियो । सबै मत गणना हुँदा २ हजार ८ सय ३६ मत सदर भएका छन् भने २८ मत बदर भएको भेटियो ।



