रबिन्द्र यादव नवलपरासी , २१ साउन । नवलपरासीमा वाढी प्रभावीत समुदायलाई राहत वितरण कार्यमा सरावल गाउ‘पालिका जिल्ला मै पहिलो बन्न सफल भएको छ । जिल्लाको बाढी प्रभावीत क्षेत्रहरु मध्ये सरावल गाउ‘पालिकाले आफ्नो कार्य क्षेत्रमा सबैभन्दा पहिला राहत सामाग्री बिवरण गरेको हो ।

सरावल ५ रामपुर खडौनामा बाढी प्रभावीत करिव २०० सय घरधुरीलाई राहत सामाग्री बिवतरण गरिएको सरावल गाउ‘पालिकाका कार्यकारी अधिकृत झबिश्वर रेग्मीले जानकारी दिनुभयो । अधिकृत रेग्मीका अनुसार प्रभावीतबाट प्रभावीत घर समुदायलाई तत्कालकालागी चिउरा , पानी र चाउचाउ उपलब्ध गराईएको हो। नवलपरासीको सरावल गाउ‘पालिकाले जिल्लामै पहिलो राहत बिवरण गरेपछि अन्य क्षेत्रमा पनि राहत सामाग्री छ ।

 

यसैगरी प्रतापपुर गाउपालिका वडा न ८ का वडा अध्यक्ष कादिर अलि अन्सारीले पनि बाढ बाट अति प्रभावित भएका र बिचल्ली परेका ५० भन्दा बढि घरधुरी परिवारलाई चिउरा चिनी र खद्दान वितरण गर्नु भएको छ भने अहिले जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा रातह वितरण गर्नु पर्ने देखिन्छ तर समाचार तयार पारिए सम्म यी ठाउँ बाहेक अरु कुनै ठाउमा बाढ पिडित परिवारलाई राहत वितरण गरिएको खबर प्राप्त भएको छैन ।

 

प्रतापपुर गाउपालिकाको वडा नम्बर ३ र ८ बढि बाढीबाट प्रभावित भएको थियोे भने सुस्ता गाउपालिकाको वडा नम्बर ३ धेरै प्रभावित भएको छ । वाढी प्रभावीत समुदायलाई सरावल गाउ‘पालिकाले आफ्नो वडा कार्यालय मार्फत तत्कालका लागि राहत सामाग्री उपलव्ध गराएको हो ।

गाउ‘पालिकाका अध्यक्ष राधेश्याम चौधरी , उपाध्यक्ष उत्तमा राय , कार्यकारी अधिकृत झबिश्वर रेग्मी सहितको टोली बाढी प्रभावीत क्षेत्रमा पुगेर राहत सामाग्रीलाई प्रभावकारी रुपमा बिवतरण गरेको थियो । बाढीबाट नवलपरासीको सदमुकाम परासी बजार सहित सरावल , पाल्हीनन्दन , प्रतापपुर र सुस्ता गाउ‘पालिकामा गरी करिब ३ हजार घरधुरी प्रत्यक्षरुपमा प्रभावीत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah