काठमाण्डाै – प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् कार्यविभाजन गर्नुभएको छ ।

उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गरेर कार्यविभाजन गर्नुभएको हो । यसअघिका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर १३ वटा पुर्याउनुभएको थियो ।

नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राख्नुभएको छ । यस्तै एमालेका तिलकुमार मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय, जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय, माओवादीका दुर्गा चापागाईँलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah